दफा ३०
लिखित सूचनाद्वारा बिघटन हुने
:– कुनै साझेदारी अनिश्चित समयको निमित्त चलाईएको छ भने जुनसुकै समयमा जुनसुकै साझेदारले अरु साझेदारहरुलाई लिखित सूचना दिई साझेदारी बिघटन गराउन सक्नेछ । साझेदारहरुको बीचमा अन्यथा मञ्जूरी नभएको भए त्यस्तो सूचनामा लेखिएको मितिदेखि वा मिति नतोकिएको भए सूचना तामेल भएको मितिदेखि साझेदारी बिघटन भएको मानिनेछ ।